विश्वमा महामारीको प्रतिरोध गर्न चिनियाँ अनुभवले काम गर्छ
अप्रिल ८ तारिखमा चीनको वुहान लकडाउनबाट मुक्त भएको छ । चीनमा निश्चित गरिएका बिरामीहरूको संख्या खासगरी वुहानको संख्या थोरै भएको छ र यो राम्रो सूचना हो । गम्भीर क्वारेन्टाइनका क्रममा सबैले धेरै कठिनाइको सामना गरेका छन् । उनीहरूलाई शुभकामना दिनुपर्छ । चीनको महामारीको रोकथाम कदमको म उच्च मूल्याङ्कन गर्दछु । महामारीको प्रतिरोध गर्ने विश्वको पहिलो मुलुकको रुपमा चीनका सामु ठूलो चुनौती देखापरेको छ । तर आफू महामारीको भूमरीबाट निस्कँदै गर्दा चीनले अरु मुलुकलाई मद्दत गरिरहेको छ ।
यो धेरै राम्रो काम हो । चीनमा हाल आधारभूत रुपमा काम पुनः शुरु भएको छ । हाल चीन महत्वपूर्ण सामग्रीको आपूर्ति गर्ने कार्यमा संलग्न भैरहेको छ । र, यसले विश्वमा महामारीको प्रतिरोध गर्नका लागि ठूलो परिवर्तन ल्याउने कुरामा म विश्वस्त छु ।
महामारीका कारण विश्वका विभिन्न मुलुकबीच भएको विवाद र भेदभाव गतिविधि देखिएका भए पनि यस्तो बेला एकले अर्कोलाई सहयोग नगरेमा भविश्यमा महामारीको सामनामा असर पर्नसक्छ । साथै जलवायु परिवर्तनको सामनामा समेत असर पर्ने कुरा निश्चित छ ।
भविश्यमा महामारीको प्रतिरोध गर्न अन्तर्राष्ट्रिय सहयोगमा चीनले अझै सकारात्मक भूमिका निर्वाह गर्नसक्नेछ । धेरै वर्षयता चीनले सधैं नै अन्तर्राष्ट्रिय सहयोग गरेको छ। वास्तवमा ‘बेल्ट एण्ड रोड’ योजनामा सम्बन्धित मुलुकको चिकित्सा तथा स्वास्थ्य सहयोगमा समावेश छ । गेट्स कोष, चीन र अरु मुलुकले कोरोना भाइरस महामारीको प्रतिरोध गर्नका लागि अझै धेरै सहयोग गर्नसक्ने कुरामा म विश्वस्त छु ।
(अमेरिकी गेट्स कोषका सहअध्यक्ष बिल गेट्सले अप्रिल ९ तारिखमा चाइना मिडिया ग्रुपको ‘प्रेस १+१’ कार्यक्रमका सञ्चालक पाइ यान सुङलाई दिएको विशेष अन्तर्वार्ताका अंश) । उनले चीनको महामारीको रोकथाम उपलब्धि, ‘बिल गेट्सको षडयन्त्र सिद्धान्त’, खोपको अनुसन्धान तथा विकासबारे प्रकाश पारेका थिए ।)
टिप्पणीहरू