नबिल बैंकद्वारा प्रवासी कामदारलक्षित कार्यशाला आयोजना

नबिल बैंकद्वारा प्रवासी कामदारलक्षित कार्यशाला आयोजना

नबिल बैंकले प्रवासी कामदारलाई लक्षित गर्दै कार्यशाला आयोजना गरेको छ । जलवायु परिवर्तनका कारण प्रवासी कामदारको स्वास्थ्यमा पर्न सक्ने असर न्यूनीकरण सम्बन्धमा बैंकले कार्यशाला आयोजना गरेको हो ।

कार्यशालामा अनुसन्धान र परामर्श संस्था ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ग्लेसरले मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैंकका अनुसार यो कार्यशाला नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो पटक आयोजना गरिएको हो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वय समिति तथा विदेशी कुटनीतिक संघ संस्थाहरुलगायतका श्रम मामिलासँग आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

टिप्पणीहरू