मालपोत अधिकृतको साथबाट डेढ लाख घुस

मालपोत अधिकृतको साथबाट डेढ लाख घुस

ताप्लेजुङका मालपोत अधिकृत घुस रकमसहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतलाई एक लाख ५० हजार घुससहित आज पक्रेको हो ।

मालपोत अधिकृत लेखा पनेरु महतले जग्गा दर्ता गर्ने सिलसिलामा सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको आयोगले जनाएको छ ।आयोग कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित फेला पारेको हो । महतलाई ताप्लेजुङको फुङलिङ नगरपालिका ४ कोप्चेबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

टिप्पणीहरू