भारतीय र जिम्बावेका नागरिकले ल्याए ७ केजी सेतो हेरोइन, पार्सलमा पनि लागुपदार्थ
नेपालबाट विश्वका विभिन्न भागमा लागुपदार्थको ओसारपसार हुने गरेको आशंकालाई पछिल्लो घटनाले पुष्टि गरेको छ । प्रहरीले ७ किलोग्राम सेतो हेरोइन समातेपछि उक्त आशंकलाई पुष्टि मिलेको हो ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त आरोपमा दक्षिण अफ्रिका र भारतका नागरिकलाई पक्राउ गरेको छ । केही दिन पहिले कतार एयरवेजबाट दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट दोहा हुँदै काठमाडौँ आएका जिम्बावेका कपुतुला अभिसर्गले सुटकेसमा फल्स बटम बनाएर उक्त लागुऔषध ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको हो ।
उक्त लागुऔषध लिन विमानस्थल पुगेका भारतीयन नागरिक ललनुन पुईलाई पनि पक्राउ गरिएको छ । दुवैमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको छ । उक्त लागुऔषधको बजार मूल्य १४ करोड रुपैयाँ रहेको बताइएको छ ।
प्रहरीले बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला पारेको छ । उक्त घटनामा पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।
टिप्पणीहरू