नबिलको दिगो बैंकिङ कार्यक्रम बागलुङमा

नबिलको दिगो बैंकिङ कार्यक्रम बागलुङमा

बागलुङमा दिगो बैंकिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नबिल बैंकले बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा नबिल बैंक सञ्चालक समितिका सदस्य आशा राणा अधिकारीले कृषि प्रधान मुलुक सबैभन्दा पहिले कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिएकी थिइन् । उनले बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडि बढ्न चाहेको उल्लेख गरेकी हुन् ।

नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पारेका थिए । सो क्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुलाई सम्बोधन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार, त्यहाँको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र बाग्लुङ र नबिल बैंकबीच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषिजन्य बाली/वस्तु उत्पादन तथा प्रवद्र्धन, कृषिबजार विकाससहित व्यवसायिक कृषि उत्पादनमा वृद्धि गरेर रोजगारी सिर्जना गर्ने सम्बन्धी सहयोग सम्झौता भएको छ ।

सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङका तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नबिल बैंक सेवामा उत्कृष्ट प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शनकुमार अर्याल रिचर्डको पनि उपस्थिति थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले अघिल्लो वर्षको असार १५ गते धान दिवसका दिनदेखि उक्त कार्यक्रमको थालनी गरेको हो ।

टिप्पणीहरू