गर्भवती महिलालाई जबरजस्ती करणी गर्ने शाही बल्ल समातिए
गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक जना समातिएका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुंगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका-२ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गत चैत ८ गते नागढुंगास्थित आफ्नै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको छ ।
टिप्पणीहरू