एकल कातामा सरितालाई कास्य

एकल कातामा सरितालाई कास्य

कोबे–ओसाका अष्ट्रेलिया कराँते च्यायम्पियनशिपमा आइतबार नेपालकी सरिता श्रेष्ठले कास्य पदक जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराँते प्रशिक्षक राम थारुले बताए ।

अष्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिता तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।

सेमिफाइनलमा पराजित भएपछि सरिता कास्यमै सीमित भएकी हुन् ।

टिप्पणीहरू