११ वर्षीय बालिकामाथि कुकर्म गर्ने कृष्णदेव प्रहरीको फन्दामा
भोजपुरमा ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक जना समातिएका छन् । टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम का ५७ वर्षीय कृष्णदेव राईलाई प्रहरीले पक्रेको हो ।
उनी हिजो साँझ पक्राउ परेका हुन् । राईले शनिबार दिउँसो पीडितकै घरमा यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अहिले राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू