करेण्ट लागेर दुई जनाले प्राण त्यागे

करेण्ट लागेर दुई जनाले प्राण त्यागे

कैलाली र पर्वतमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुर सुपारीआमका ४२ वर्षीया शारदा जोशीको घरमा नुहाउँदै गर्दा करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, पर्वतको पैयुँ गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा हटियाका ३६ वर्षीय राजु लामिछानेलाई पनि करेन्ट लागेको प्रहरीले बताएको छ । गम्भिर घाइते उनको वालिङ स्वास्थ चौकीमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

टिप्पणीहरू