हंगेरीले पायो पहिलो महिला राष्ट्रपति

हंगेरीले पायो पहिलो महिला राष्ट्रपति

मंगलबार पदभार ग्रहण गरेपछि क्याटालिन नोभाक हंगेरीको पहिलो महिला राष्ट्रपति बनेकी छन् । उनलाई राज्यका पूर्व प्रमुख जानोस एडरले राष्ट्रपति निवास “स्यान्डर प्यालेस” को प्रवेशद्वारमा स्वागत गरेका छन् ।

संसदले नोभाकलाई मार्च १० मा हंगेरीको राष्ट्रपतिमा निर्वाचित गरेको हो । चुनाव जितेपछि नोभाकले भनेकी थिइन् कि उनी “शान्तिको राष्ट्रपति” (President of peace ) बन्न चाहन्छिन् ।

नोभाक पाँच वर्षको लागि निर्वाचित भएकी हुन् र मौलिक कानूनअनुसार एकपटक पुन: निर्वाचित हुन सक्छिन् । पूर्व राष्ट्रपति जानोस एडरले पनि दुई कार्यकालको लागि पद सम्हालेका थिए ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू