नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ

नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ

नापी कार्यलय भैरहवाका एक जना अमिन घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–१२ स्थित जग्गाको हालसाबिकका लागि ३० हजार रुपैयाँ घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीका अनुसार उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू