रकम नभएको बैंक खाताको चेक भिडाउने लक्ष्मी पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार एक जना महिला प्रतिवादीलाई प्रहरी पक्रेको छ । गोरखाको पालुङ्टार नगरपालिका–२ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका १ बस्ने ५१ वर्षीया लक्ष्मी सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लक्ष्मीले बंगलादेश बैंक लिमिटेडको मैतीदेवी शाखामा रहेको खाताको चेक दिँदै हिँडेकी थिइन् । पर्याप्त मौज्दात रकम नहुँदा पनि उनले त्यस्तो चेक दिएपछि उच्च अदातल पाटनले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।
अदालतले सापकोटालाई बैंकिङ कसुरबमोजिम पाँच दिन कैद र १२ लाख रुपैयाँ जरिवानो ठहर गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले खटाएको टोलीले सापकोटालाई केहीबेर अघि सापकोटालाई राजधानीमा पक्राउ गरेको हो ।
नयाँ बानेश्वरबाट पक्राउ परेकी लक्ष्मीलाई फैसला कार्यान्वयनको निम्ति ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
टिप्पणीहरू