कृष्णमुरारी भण्डारी
लुटेरा ठग नटवरलाल राजबन्दी होइन !
पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुरी जसरी नेपाली राजनीतिमा आए। तीन वर्ष पनि नपुग्दै आँधिझैं सबैकुरा तहसनहस पारेर बिदा हुँदैछन् । सून्यमा झर्दैछ उनको राजनीति । बोलेरै अकासिए र बोलेरै भासिदाछन् । कास्की जिल्ला अदालतमा उनले पछिल्लो पल्ट जे बोले त्यसले उनको हंशले ठाउँ छोडेको छनक दिइरहेको छ । शायद उनी आफ्नो वरिपरि अन्धकार देख्दैछन् । दुइपटक गृहमन्त्री हुँदा नचिनेको राज्यलाई पुलिस हिरासतमा बसेपछि चिन्नथालेका छन् । आफ्नो हैशीयतभन्दा बढी नै सशक्तता देखाउने राष्ट्रिय स्…