जिबी राईलाई भाग्न दिने हाकिम प्रधानमन्त्री कार्यालयमा

जिबी राईलाई भाग्न दिने हाकिम प्रधानमन्त्री कार्यालयमा

दर्जनौँ सहकारी संस्थाको ६५ करोड ५४ लाख रकम गोर्खा मिडिया नेटवर्कमार्फत् अपचलन गरेको आरोप लागेका जिबी राईलाई आखिर भगायोचाहिँ कसले ?

जानकारहरूको इमान्दार जवाफ छ- ‘राज्य संयन्त्र’ अर्थात् कुनै बेला जिबीका पार्टनर तथा हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय सहकारी विभागको तत्कालीन रजिष्ट्रार नमराज घिमिरे । रवि पत्नी निकिता पौडेल उपाध्यक्ष रहेकोे काठमाडौँस्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत जंगमको पनि दाबी छ- रास्वपा सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविको चर्को दबाबमा, अहिले प्रधानमन्त्री कार्यालयमै कार्यरत सहसचिव नमराज घिमिरेले भगाएका हुन् जिबीलाई।

‘जसले जिबीको राहदानी रोक्का गर्यो ! किन उसैले हप्ता दिनमै खोल्यो ! प्रहरीले यतातिर अनुसन्धान गरेको देखिएन,’भरतले भने ।

उनी थप्छन्, ‘जिबीको राहदानी रोक्का भएको आठ दिनमै संघीय सहकारी विभागले अध्यागमन कार्यालयलाई पत्र लेखेरै भाग्ने बाटो खोलिएको सत्य हो ।’ स्रोतका अनुसार २०७९ माघ २६ देखि २०८० मंसिर १४ सम्म सहसचिव घिमिरे संघीय सहकारी विभागको रजिष्ट्रारका रुपमा कार्यरत थिए । ‘जसले जिबीको राहदानी रोक्का गर्यो ! किन उसैले हप्ता दिनमै खोल्यो !

प्रहरीले यतातिर अनुसन्धान गरेको देखिएन,’भरतले भने । अन्य सहकारी संस्थाको नेतृत्व लिएझैँ नयाँ कृषि सहकारी संस्थामा अध्यक्ष रहेका जिबीसँगै,संस्थाका सचिव, कोषाध्यक्ष र अन्य सदस्यहरूको राहदानीसमेत सहकारी विभागको सिफारिसमा २०८० असार २० मा सहसचिव घिमिरेले रोक्का गरेका थिए । तर फेरि उनैले जिबीको राहदानी फुकुवा गर्न भन्दै अध्यागमन कार्यालयलाई पत्र लेखे ।

रवि गृहमन्त्री हुँदा नजिकिएका सहसचिव घिमिरेले सहकारी सञ्चालक र पीडितलाई सँगै राखेर मिलापत्र गराउँथे । पीडितहरू विभागमा धाउँदा पीडकहरूकै पक्ष लिन्थे । घिमिरे यसअघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,यातायात व्यवस्था विभागको महानिर्देशक र संघीय सहकारी विभागको रजिष्ट्रार हुँदै प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

टिप्पणीहरू