दुई डिआइजी एआइजीमा बढुवा हुँदै
नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षक (एआजी)मा बढुवा हुन लागेका छन् ।
आज बस्ने बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिमान गुरुङ र केदार प्रसाद ढकालको नाम बढुवामा सिफारिस गर्न लागेको हो । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत गुरुङ र हेडक्वाटरको प्रवन्ध महाशाखा हेर्ने ढकाल 'जन्मजात कांग्रेस' भनेर चिनिएका प्रहरी अधिकारी हुन् ।
आज बढुवा सिफारिस हुने उनीहरुले एक हप्तापछि फूली लगाउने सम्भावना छ ।
टिप्पणीहरू