उपकुलपतिवाला मुद्दामा अन्तरिम आदेश

उपकुलपतिवाला मुद्दामा अन्तरिम आदेश

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्ति निर्देशिकाविरुद्ध परेको मुद्दामा अन्तरिमसहित कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीको इजलासले अन्तरिमसहित यस्तो आदेश दिएको हो । निर्देशिकाविरुद्ध प्रा.डा. नवराज कट्टेल र प्रा.डा.लालमणि पाण्डेयले मंसिर ५ गते रिट दायर गरेका थिए । 

दर्ता नम्बर ०८१–डब्ल्युओ–०५४७ र ०८१–डब्ल्युओ–०५४८ भएको रिटमा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,नेपाल संस्कृत विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समिति र विश्वविद्यालयलाई विपक्षी बनाइएको छ । 

रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले गत कात्तिक २८ गते दरखास्त आह्वान गरेको थियो । समितिले उपकुलपति नियुक्तिका लागि ‘नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ जारी गरेको छ ।

टिप्पणीहरू