भारतीय सेनाध्यक्ष घर फिर्ता

भारतीय सेनाध्यक्ष घर फिर्ता

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फर्किएका छन् । 

पाँच दिने नेपाल भ्रमण पूरा गरी उनी आज बिहान १० बजे भूटान एयरलाइन्सको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनको बिदाई गर्न नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी विमानस्थल पुगेका थिए । 

सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलको नेतित्व गर्दै मङ्सिर ५ गते काठमाडौँ आइपुगेका थिए । भ्रमणका दौरान उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै पशुपतिनाथ, मुक्तिनाथलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन पनि गरेका थिए । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट द्विवेदीले मानार्थ सेनापतिको पदवीसमेत ग्रहण गरेका थिए ।

टिप्पणीहरू