प्रधानमन्त्री चीन जाने मिति तोकियो

प्रधानमन्त्री चीन जाने मिति तोकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्ने मिति तोकिएको छ ।

मङ्सिर १७ देखि २० सम्म हुने यो यात्राका दौरान किमाथाँका,कोरोला,हिल्सा नाका सुचारु गर्ने,सन २०१७ मै हस्ताक्षर भएर पनि कार्यान्वयन रोकिएको BRI परियोजना अघि बढाउने,बहुप्रतिक्षित सिगात्से-केरुङ्ग-काठमाण्डौ रेल्वेको कामलाई तदारुकता दिने,पोखरा एअरपोर्टको रिण मिनाहालगायत बिषयमा  केन्द्रित हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको भनाइ छ । 

न्यूयोर्कमा अघिल्लो महिना भेट हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्सिरमा नेपाल आउने सम्भावना प्रकट गरेतापनि हाम्रा प्रधानमन्त्रीलाई भने अहिलेसम्म दिल्ली आउन कुनै निम्तो दिनु भएको छैन ।

यसपालि प्रधानमन्त्री ओलीले दिल्लीको सट्टा बेइजिङ्गको निम्तो स्वीकारेर क्रमभङ्ग गर्न लाग्नुभएको हो । 

 

टिप्पणीहरू