आउलान् त जिबी ? उनी फर्किए क-कसलाई,के कति सजिलो ?

आउलान् त जिबी ? उनी फर्किए क-कसलाई,के कति सजिलो ?
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने पक्राउ परेलगत्तै जिबी राईको नामबाट आएको एउटा इमेल यतिबेला चासोमा छ । कास्की प्रहरीको हिरासतमा रहेका रविकै कारण आफू अप्ठेरोमा परेको र राज्यले सुरक्षाको प्रत्याभूति दिलाए नेपाल फर्केर अनुसन्धानमा सघाउन तयार रहेको व्यहोराको इमेलबारे विभिन्न टिका टिप्पणी भैरहेको छ ।

रविका समर्थकहरुले नक्कली आइडी खडा गरेर भ्रामक प्रचार गरिएको आरोप लगाईरहँदा राज्यका आधिकारिक निकायहरुले भने इमेल नेपालबाहिरबाट आएको पुष्टि गरिसकेका छन् । गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनको बैठकमा यसबारे ब्रिफिङ गर्दै इमेल स्क्याम (नक्कली) नभएको तर कन्टेन्टमा भने थप अनुसन्धान भैरहेको जानकारी गराएका थिए ।    

इमेलबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र साइबर ब्यूरोले थप पुष्ट्याइँ गरिसकेको अवस्था छ । इमेलमा उल्लेखित विषयमा रवि लामिछानेसँग थप सोधपुछ गर्ने प्रहरीले जनाएको छ । 

मुद्दा अभियोजन भैसकेर कोही थुनामा गैसकेपछि  त्यही विषयमा फेरि अनुसन्धान गर्न पाइँदैन । त्यसैले अनुसन्धान नसकिंदै आएर आफ्ना कुरा राखिदिए दुबैलाई सजिलो हुन्छ ।

जनआस्थालाई प्राप्त इमेलमा जिबीले रविसँगको आर्थिक सम्बन्ध र उनकै कारण नेपाल आउन नसकेको खुलाएका छन् । 'अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु', इमेलमा उल्लेख गरिएको छ । 

इमेलको सम्पूर्ण सार रवि पक्राउ परेसँगै जिबी नेपाल फर्कन चाहेको बुझिन्छ । हजारौँ बचतकर्ताको अर्बौं रकम हिनामिना भएको सहकारी ठगीको यति ठूलो प्रकरणका मुख्य आरोपित मानिएका उनी के नेपाल फर्किएर अनुसन्धानमा सघाउन तयार भएकै होलान् त ? छविलाल जोशी र रवि लामिछानेविरुद्ध मुद्दा अभियोजन नहुँदै उनी नेपाल आए अनुसन्धान प्रक्रिया कसरी अगाडि बढ्छ ? 

यस सम्बन्धमा जिज्ञासा राख्दा महान्यायाधिवक्ता कार्यालय स्रोतको भनाई छ, 'रवि र उनको आर्थिक सम्बन्धबारे इमेलले नयाँ कुरा खोलेको छ । त्यसैले रविको अनुसन्धानकै क्रममा उनी नेपाल फर्किए भने त्यसबारे थप अनुसन्धान गर्न सजिलो हुन्छ । मुद्दा अभियोजन भैसकेर कोही थुनामा गैसकेपछि  त्यही विषयमा फेरि अनुसन्धान गर्न पाइँदैन । त्यसैले अनुसन्धान नसकिंदै आएर आफ्ना कुरा राखिदिए दुबैलाई सजिलो हुन्छ ।' 

विदेशमा मान्छे अलपत्र पर्दा वा लाश नेपाल फर्काउन रकम संकलनका लागि अभियान चलाएजस्तो सती जान तयार हुनेहरुले घर-खेत बेचेर पैसा हाल्दिन पनि सक्छन् । ज्यान दिनै पर्दैन,धन दिए पुग्छ । आखिर सहकारी पीडितहरुले खोजेको पनि आफ्नो बचत फिर्ता नै हो ।

देशका मुख्य शहरमा सहकारी खोलेर गोर्खा मिडिया नेटवर्क प्रालिलगायत विभिन्न निजी कम्पनीमा रकम पुर्याएको आरोप जिबीमाथि लागेको छ । तर, गोर्खा मिडियाबाहेक अन्य निजी कम्पनीको लगानी सुरक्षित रहेको र टेलिभिजन डुब्नुमा रवि जिम्मेवार रहेको उनले दाबी गरेका छन् । संसदीय विशेष छानविन समितिको प्रतिवेदनले पनि टेलिभिजन डुब्नुमा रविको मुख्य भूमिका ठहर्याएकाले जिबीको दाबीमा दम देखिन्छ । प्रवन्ध निर्देशकको हैसियतमा उनले मासिक साढे ६ लाख तलव बुझेको र संस्थाको रकम ससुरालीको खातामा समेत पुर्याएको प्रतिवेदनमा उल्लेख छ । 

'यदि रविकै कारण उनी अप्ठेरोमा परेका हुन् भने अहिले नै आएर प्रहरीलाई बयान दिए सजिलो हुन्छ', महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, 'रवि पुर्पक्षका लागि जेल गए वा धरौटीमा छुटे भने यही केशमा फेरि झिकाएर अनुसन्धान गर्न मिल्दैन ।'

अर्कोतिर,ठगिएको पैसा फिर्ता गरे जेल बस्न नपर्नेगरी महान्यायाधिवक्ता कार्यालयले कानुन संशोधन गरेको छ । वर्षौँदेखि डुबेको पैसा फिर्ता हुने अवस्थामा पीडित बचतकर्ता साँवामै चित्त बुझाउन तयार रहेको स्थिति छ । त्यसकारण आफूले गरेको र रविले गरेको अपचलन कति हो उनले नेपाल आएर बयान दिए सजिलो हुने देखिन्छ ।  

'उनले सबै खुलाएर आफूले कति तिर्ने हो र रविको भागमा कति हो खुलाइदिए दुबैको कल्याण हुन्छ', उक्त स्रोतले भन्यो । 

त्यसपछि रविलाई माया गर्ने भीडले चन्दा उठाएर उसको भागको तिरिदिन सक्नेछन् । विदेशमा मान्छे अलपत्र पर्दा वा लाश नेपाल फर्काउन रकम संकलनका लागि अभियान चलाएजस्तो सती जान तयार हुनेहरुले घर-खेत बेचेर पैसा हाल्दिन पनि सक्छन् । ज्यान दिनै पर्दैन,धन दिए पुग्छ । आखिर सहकारी पीडितहरुले खोजेको पनि आफ्नो बचत फिर्ता नै हो ।

टिप्पणीहरू