बालुवाटारमा प्रधानमन्त्रीको आक्रोश- काट्टो खान आउनुभएको होला हैन !

बालुवाटारमा प्रधानमन्त्रीको आक्रोश- काट्टो खान आउनुभएको होला हैन !

सहकारी ठगीमा समातिएका आफ्ना सभापतिप्रति 'नरम भैदिन' आग्रह लिएर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुखभरिको जवाफ दिएर फर्काइदिनुभएको छ । 

दिनभरि सडक प्रदर्शन गरेका रास्वपाका उपसभापति डोलप्रसाद उर्फ डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार हिजो अँध्यारो भएपछि प्रधानमन्त्री भेट्न गएका थिए । राति साढे ८ बजे बालुवाटार छिरेका उनीहरुले अढाई घण्टा कुरेपछि ११ बजे प्रधानमन्त्री भेट्न पालो पाए । त्यसो त,भेट्न आउनेलाई घण्टौँ कुराउन रुचाउने र रात छिप्पिएपछि भेटघाटमा रमाउने प्रधानमन्त्रीको स्वभाव पनि हो ।

जब प्रधानमन्त्री तल आउनुभयो, अर्याल र परियारले नमस्कार गर्न नभ्याउँदै कड्किनु भयो- मेरो पुत्ला जलाउनु भयो, सदगत पनि गर्नुभयो । जुठो परेको थियो केरे,काट्टो खान आउनुभएको होला हैन ? 

जब प्रधानमन्त्री तल आउनुभयो, अर्याल र परियारले नमस्कार गर्न नभ्याउँदै कड्किनु भयो- मेरो पुत्ला जलाउनु भयो, सदगत पनि गर्नुभयो । जुठो परेको थियो केरे,काट्टो खान आउनुभएको होला हैन ?

औपचारिक कुराकानीसमेत नगरी प्रधानमन्त्री एकाएक यसरी पड्किएपछि अलमलमा परेका रास्वपा नेताले सम्हालिंदै भने- प्रधानमन्त्रीज्यू,सरकारले पूर्वाग्रह राख्यो कि भन्ने हामीलाई परेको छ । यसमा तपाईंले अलिकति बिचार पुर्याइदिनुहुन्छ कि भन्ने हाम्रो अपेक्षा हो । 

जवाफमा प्रधानमन्त्री ओलीले रवि लामिछाने पक्राउ पर्नुमा सरकारको भूमिका नरहेको र कानुनी प्रक्रियामा बाधा हाल्ने कुरा स्वीकार्य नहुने घुमाउरो चेतावनी दिनुभयो । प्रतिवादी छुटाउन सांसदहरु सडकमा ओर्लिएकोमा पनि उहाँको आपत्ति रह्यो । 

'कानुनलाई आफ्नो कोर्षमा जान दिनुस्,अदालतबाट क्लिनचिट लिएर आए भैहाल्छ,सडकमा किन तमाशा देखाउनुपर्यो' प्रधानमन्त्री ओलीको यस्तो जवाफपछि रास्वपाका नेताद्वय निराश हुँदै मध्यराति बालुवाटारबाट बाहिरिएको बताइएको छ ।

टिप्पणीहरू