सहकारी ठगीमा एमालेका अर्का नेता मुछिए

सहकारी ठगीमा एमालेका अर्का नेता मुछिए

सहकारी ठगी आरोपमा नेकपा एमाले कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् । 

सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । खनाल शिवसताक्षी नगरपालिका–३, स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । 

सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ अपचलन गरेको उनीमाथि आरोप छ । डिएसपी चन्दले घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । 

एमालेका अर्का पूर्वेली नेता सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि पनि सहकारी ठगीको आरोप छ ।

टिप्पणीहरू