सेवालाई राजदूत बनाउने प्रस्ताव अनुमोदन
बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
आज बिहान बसेको सुनुवाइ समितिको बैठकले उनलाई राजदूत बनाउने प्रस्ताव स्वीकार गरेको हो । लम्सालले आजैको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
कार्ययोजनामा उनले बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नेलगायका प्रतिवद्धता जनाएकी छन् ।
टिप्पणीहरू