उता पटकपटक हारे पनि यता पुरस्कार
सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजाललाई आयोगकाे अध्यक्षमा नियुक्त गरेको हो ।
भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गरिएको बताइएको छ।
आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत,कैलालीका टेकबहादुर शाह,सदस्यमा तनहुँका आरती भण्डारी,दार्चुलाका गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का र झापाका अनिलकृष्ण प्रसाई रहेका छन् ।
गएको प्रदेशसभा निर्वाचनमा प्युठानबाट कांग्रेस नेता रोज राणासँग पराजित नवनियुक्त अध्यक्ष रिजाल एमाले महासचिव शंकर पोखरेलको विश्वासपात्र मानिन्छन् ।
उनी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा पनि एमाले उपाध्यक्ष विष्णु पाैडेलनिकट राधाकृष्ण कंडेलसँग अध्यक्ष पदमा पराजित भएका थिए ।
आम निर्वाचन र पार्टीको आन्तरिक निर्वाचनमा पटकपटक पराजित नेतालाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव पाेखरेलले आकर्षक नियुक्ति दिएको भन्दै एमालेभित्र पौडेल समूह असन्तुष्ट बनेको छ।
पाेखरेलले उपाध्यक्ष पाैडेल समूहलाई गलाउनकाे लागि पराजित रिजाललाई भूमि समस्या समाधान आयोगमा अघि सारेको कतिपयकाे तर्क छ ।
टिप्पणीहरू