भारतीय सेनाध्यक्ष आज स्वदेश फर्कने
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्कन लाग्नुभएको छ । उहाँ भुटान एअरलाइन्सको उडानमा अहिले बिहान पौने १० बजे काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।
हिजो बिहान मुक्तिनाथ जानुभएका उहाँलाई गत बिहीबार मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेलले प्रदान गर्नुभएको हो ।
भ्रमण क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षाममन्त्री तथा आफ्ना समकक्षी प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुभएको छ । चार सदस्यीय टोलीका साथ नेपाल आएका भारतीय सेनाध्यक्षले पशुपतिनाथको दर्शन गर्नुभयो भने प्रधानसेनापतिको सरकारी निवास शशि भवनमा आयोजित रात्रिभोजमा सहभागी हुनुभयो ।
मुक्तिनाथबाट फर्कने क्रममा पोखरास्थित विजयपुर ब्यारेकको भ्रमण गर्नुभएको बताइन्छ । अस्ति बिहान माउन्टेन फ्लाइट गरेपछि भारतीय सेनाध्यक्ष शिवपुरीस्थित सेनाको तालिम केन्द्र पनि पुग्नुभएको थियो ।
टिप्पणीहरू