डक्टर मनोजको परोपकारी अस्पताललाई उपहार
काठमाडौंस्थित चिनियाँ राजदूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारी साधन हस्तान्तरण गरेको छ । चिनियाँ राजदूत छन सोङले हिजो आयोजित एक समारोहमा उक्त सवारी साधन दिनुभएको हो ।
चीनमै पढेर आउनुभएका अस्पताल सञ्चालक समिति अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा आयोजित सवारी साधन हस्तान्तरण कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि र राजदूत सोङ विशेष अतिथि हुनुहुन्थ्यो ।
त्यसैगरी पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कामनपाका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलगायतको उपस्थितिमा उक्त सवारी साधन हस्तान्तरण गरिएको हो ।
तस्बिरहरुः
टिप्पणीहरू