रविका मान्छे मध्यराति खुसुक्क बालुवाटार

रविका मान्छे मध्यराति खुसुक्क बालुवाटार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रवि लामिछानेलाई बचाइदिन हारगुहार गरेको थाहा भएको छ । 

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आज सामाजिक सञ्जालबाट उक्त कुरा खुलासा गरेका हुन् । रास्वपा उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर ‘सभापतिलाई बचाइदिनु पर्यो’ भनी आग्रह गरेको रिजालको दाबी छ । 

‘डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न', उनले फेसबुकमा लेखेका छन् । दिनभर प्रधानमन्त्रीको शव बनाएका दाहासंस्कार गर्ने अनि राति-राति कुन मुख लिएर बालुवाटार जान सकेको ? रिजालको प्रश्न छ । 

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति-राति कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’, उनले लेखेका छन् ।

टिप्पणीहरू