कालिका नगरपालिका

मह र घ्यु उत्पादनपछि अनुशासनमा पनि कालिका उत्कृष्ट पालिका

चितवनको कालिका नगरपालिका वित्तीय अनुशासन कायम राख्ने जिल्लाकैपालिका बनेको छ । महालेखापरीक्षक कार्यालयद्वारा हालै सार्वजनिक ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा चितवनका सात वटा स्थानीय तहमध्ये कालिका नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको हो ।  चार करोड ३३ लाख ४४ हजार रुपैयाँ बेरुजुसहित कालिका चितवन र देशकै सबैभन्दा कम बेरुजु भएको शीर्ष दश पालिकाभित्र सूचीकृत हुन सफल भएको छ । यस्तै,जिल्लाको इच्छाकामना गाउँपालिका दश करोड ८० लाख ६४ हजार रुपैयाँसहित बेरुजु कम…