सुनिता डंगोल
राजधानीकी उपमेयर सुनिता १५ रात विदेशमै
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल आधा महिना लामो युरोप यात्राबाट फर्केकी छन् । चैत २३ गते दुबई हुँदै बेल्जियमको राजधानी ब्रसेल्स गएकी उनी आज काठमाडौं आइपुगेकी हुन् । उनी युरोपियन युनियन भिजिटर्स प्रोग्राममा सहभागी हुन फ्लाई दुबईको उडानबाट गएकी थिइन् । आज सोही विमानको उडानमा साँझ साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी छन् । यसवीच मेयर बालेन आधी घण्टाबाहेक कार्यालयमा देखा परेनन् भने मेयर,उपमेयर यसरी हराएको बेला कसैलाई जनताको अत्यावश्…