तीर्थराज भट्टराई
एअरपोर्टका हाकिमको कमाइ युवतीको खातामा
भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले अवैध असुलीको रकम एक युवतीको बैंक खातामा राख्ने गरेको पाइएको छ । अध्यागमनका कर्मचारीले दलालसँगको साँठगाँठमा पर्यटन भीसामा विदेश जानेहरुसँग अवैध रुपमा रकम असुल्न गिरोह चलाएकोबारे नयाँ-नयाँ तथ्य खुल्ने क्रममा उक्त कुरा थाहा भएको हो । बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका भट्टराईले कविता पौडेल नाम गरेकी युवत…