प्रवक्ता अग्निप्रसाद सापकोटा

०८४ मा एक्लै बहुमत ल्याउने माओवादीको ठम्याई

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले २०८४ मा हुने आम निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।  हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले नयाँ ऊर्जा दिएको र त्यसको बलमा चुनाव जितिने उनले बताएका हुन् । माओवादी पार्टीका जनवर्गिय सङ्गठन, विभिन्न मुक्ति मोर्चाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको जिकिर छ ।  पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग …