पुण्य ढकाल

एमाले नेता जसले तीन वर्ष ओलीसँग भेट्न पाएनन्

‘जेजे’हरूको दादागिरी चल्दा ट्रेड युनियनका आधिकारिक पूर्व अध्यक्ष पुण्य ढकालले एमाले अध्यक्ष केपी ओलीलाई तीन वर्षसम्म पनि भेट्न नपाएको खुलेको छ । निकटस्थहरूसँग उनी जे जे ग्रुपले यसमा खेलेको बताउने गर्दछन् । ‘उहाँहरूको मात्रै त अध्यक्ष होइन होला नि ! पेशागत महासंघको अध्यक्षलाई (भेट्न) बन्देज लगाउनु राम्रो हुन्छ र ? मैले एक्लै भेट्छु भन्दा आजका दिनसम्म पाएको छैन, ३ वर्ष भयो,’ उनले भन्ने गरेका छन्, ‘कति गोप्य कुरा हुन्छन् ! एउटा ट्रेड युनियनको अध्यक्ष, पूर्…