देश बनाउन खोज्दा एमाले घेराबन्दीमा परेको शंकरको दाबी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि चौतर्फी प्रहार र आक्रमण भइरहेको बताएका छन् । एमालेले देश बनाएकै कारण घेराबन्दी गरिएको दाबी गर्दै आएका उनले आज पनि त्यस्तै रटान दोहोर्याएका हुन् ।
ललितपुर-१५ खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण काेषकाे सभाहलमा आज बसेको पार्टीनिकट प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै शंकरले भने, 'एमालेविरुद्ध कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको छ । जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बन…