एमाले र माओवादीका नेताहरु सँगसँगै कर्णालीतिर

एमाले र माओवादीका नेताहरु सँगसँगै कर्णालीतिर

एमाले महासचिव शंकर पोखरेल कर्णाली प्रदेशको राजधानी सुर्खेत गएका छन् । पार्टीका अन्य नेताहरुसहित बुद्ध एयरको उडानबाट उनी आज बिहान सुर्खेत पुगेका हुन् । 

बुद्धको बिएचए १३३ नम्बरको उडानबाट पोखरेलसँगै पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाम्फे र पोलिटब्यूरो सदस्य विष्णु रिमाल बिहान सवा आठ बजे काठमाडौँबाट कर्णालीतर्फ उडेको बताइएको छ । 

सोही जहाजमा माओवादी नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही पनि रहेका छन् ।

टिप्पणीहरू