चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा
चीनको पाँच सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । विदेशबाट फर्केका (गैरआवासीय) चिनियाँहरुको महासंघ टोली गएराति काठमाडौं आइपुगेको हो ।
अल चाइना फेडरेसन अफ रिटर्नड ओभरसिज चाइनिजका उपाध्यक्ष लिआन सिआओमिनको नेतृत्वमा आएको टोली ग्वाङझौबाट चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६७ मा राति १० बजे आइपुगेको हो ।
टोलीलाई चिनियाँ दूतावासका नियोग उपप्रमुख तथा कार्यवाहक राजदूत वाङ सिनलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको बताइएको छ । भोलि दिउँसो १ बजे…