रुसकाे राजधानी मस्काेमा रासायनिक मल र गहुँको चर्चा
रुसको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोसँग भेटवार्ता गर्नुभएको छ । भेटमा रासायनिक मल र गहुँबारे चर्चा भएको बताइएको छ ।
उपप्रधानमन्त्री चेर्निसेन्कोले रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी अध्यक्ष तिमिल्सिनालाई गराएका हुन् । उनले जिटुजी प्रक्रियाबाट मल र गहुँ उपलब्ध गराउन रुस तयार रहेको जानकारी दिएका हुन् ।
भेटमा नेपाल र रुसबीच सिधा हवाई सेवालगायत विभिन्न भौतिक संरचन…