लिङ्देन भारत जाँदा कार्यकर्ता भरङ्ग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन,सांसद ज्ञानबहादुर शाही र केन्द्रीय सदस्य खुश्बु ओलीको भारत भ्रमण विवादमा परेको छ । तीजको कार्यक्रममा भाग लिन राजस्थान पुगेका उनीहरुप्रति पार्टीकै कार्यकर्ताले अनेक आशंका गरेका छन् ।
हरितालिका तीजको दिन हिजो देशभित्र आयोजना गरिएका कार्यक्रममा निम्ता पठाईएको भएता पनि त्यसलाई बेवास्ता गर्दै लिङ्देनहरू घुमघामको मेसो मिलाएर भारत गएको कार्यकर्ताको गुनासो छ । प्रदेश स्तरका एक नेताले सामाजिक सञ्जालमा ‘सोच्नुपर्ने…