आन्तरिक खतरा
अहिले देशमा बहुदल मात्र होइन, दलहरूमाथि पनि संकट छ । दललाई सीधा आएको होइन । दलका नेतालाई आएको हो ।
दलका नेतालाई संकट आएपछि दललाई पनि आएकै सरह भयो । दलका नेताहरू भन्छन्, अहिले देशलाई बाह्य शक्तिबाट खतरा छ । तर दलका नेतालाई भने आन्तरिक शक्तिबाटै खतरा छ । त्यसैले हरेक दललाई दलकै केही प्रमुख व्यक्ति बाहिर गइदिए हुन्छजस्तो लागिरहेको छ ।
जस्तो हेर्नोस्, एमालेमा विद्या भण्डारी पार्टीबाट बाहिरिए हुन्छ जस्तो लागिरहेको छ केपी ओलीलाई । माओवादीमा जनार्दन शर्मा बाहिर ग…