पुरस्कार वितरणमा प्रमुख प्रशासकीय अधिकृतसँगै काठमाडौंका मेयर
म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसहित सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा उनीसहित प्रथम खोखो विश्वकप–२०२५ का उपविजेता महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ ।
भारतको नोएडामा हालै सम्पन्न एमएफएन १७ मा भारतका चोंगरेंग कोरेनलाई हराउँदै ढाटले बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । बझाङका उनी यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका …