भुम्लु बस दुर्घटनामा २३ जना घाइते, १० जना रामेछापका
काभ्रेको भुम्लु गाउँपालिका–८ मा भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल हुँदा यात्रु घाइते भएका हुन् ।
३२ जना यात्रुमध्ये घाइते १० जना रामेछापको र १३ जना काभ्रेको चौरिदेउराली गाउँपालिकाका हुन् । घाइते सबैलाई अस्पताल पुर्याइएको छ ।
घाइतेहरुको नामावलीः
१) रामेछापको दोरम्बा गाउँपालिका–२ का ४६ वर्षीय भिम बहादुर मगर । (मुख र घुँडामा चोट, अवस्था मध्यम)
२) रामेछापको दोरम्बा गा…