खेलकुदमा फोटोकपी काण्ड
मधेश प्रदेश खेलकुद परिषदले सार्वजनिक गरेको नयाँ लोगो अहिले विवादको कारण बनेको छ । परिषदको लोगोमा नेपाल खेलकुद महासंघको लोगो जस्ताको तस्तै फोटोकपी गरिएको भन्दै आलोचना हुन थालेको हो । मधेश प्रदेश खेलकुद मन्त्री प्रमोद जयसवाल,सदस्य सचिव शिवजी गुप्ता,तथा सदस्यहरू लव अधिकारी र प्रभुनारायण शिवाकोटीको निर्णयमा लोगो तयार गरिएको थियो ।
तर लोगोमा मौलिकता नदेखिएको भन्दै विभिन्न खेल संघ–संस्थाका प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् । उनीहरूका अनुसार परिषदले छुट्टै पहिचान स्थ…