समाचार

विमानस्थलमा पाइलटबीच कुटाकुट

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । आज बिहान वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानबाट निस्केपछि कुटाकुट भएको बताइएको छ ।  विमानस्थल कार्यालयका कर्मचारीका अनुसार सोही कम्पनीको टुइन अटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका साह र रामेछापबाट सोही जहाज उडाएर लुक्ला जान लागेका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच हात हालाहाल भएको हो ।

Page 310 of 1042