बझाङमा कांग्रेसले माओवादीसँग मात्र गठबन्धन गर्ने

बझाङमा कांग्रेसले माओवादीसँग मात्र गठबन्धन गर्ने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बझाङले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा रहने उल्लेख गर्दै गठबन्धन नगर्ने उसको भनाइ छ ।

जिल्लाभरका कांग्रेसबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै माओवादीसँग मात्र गठबन्धन गरेर अघि बढ्ने निर्णय भएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन विरोधी भएको र एकल निर्णयका साथ अगाडि बढेको गुनासो व्यापक आएकाले कांग्रेसले त्यस्तो निर्णय गरेको बताइएको छ । बझाङमा जनमतको हिसाबले आफू पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो स्थानमा रहने कांग्रेसको ठहर छ ।

टिप्पणीहरू