युक्रेनको खनिज अमेरिकालाई सुम्पँदै जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका पुगेका छन् । अमेरिकासँग आफ्नो मुलुकको खनिज उत्खनन् सम्झौतामा हस्ताक्षर गर्न उनी राजधानी वाशिंगटन डिसी पुगेका हुन् ।
स्थानीय समयअनुसार शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच भेटवार्तापछि खनिज र दुर्लभ पृथ्वी विकाससम्बन्धी सम्झौताहरूमा हस्ताक्षर हुने बुझिएको छ । खनिज सम्झौतामा हस्ताक्षर भए पनि आगामी दिनमा युक्रेनलाई अमेरिकाले समर्थन गर्ने कुनै सम्भावना नरहेको बताइन्छ ।
टिप्पणीहरू