कंग्रेसमा अमेरिकी राष्ट्रपतिको झन् चर्का कुरा

कंग्रेसमा अमेरिकी राष्ट्रपतिको झन् चर्का कुरा
सुन्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि पहिलो पटक त्यहाँको संसद (कंग्रेस) मा सम्बोधन गरेका छन् । उनले अमेरिका पुरानै लयमा फर्किएको जनाउँदै ‘अमेरिका ब्याक’ भनेका हुन् ।

युक्रेनमा सफलता हात लाग्ने प्रक्रियामा रहेको, सल्लाहकार एलन मस्कको प्रशंसा गर्दै आफ्नो प्रशासनले काम थालिसकेको सम्बोधनमा उल्लेख छ । संसद बैठकमा गरिएको सम्बोधनमा मस्क र उनको कम्पनी टेस्लाको दुई पटक उच्चारण गरिएको छ । 

यसअघि सन् २००० मा बिल क्लिन्टनले गरेको लामो भाषणको रेकर्ड तोडिएको छ । ट्रम्पले एक घण्टा ४० मिनेट लामो भाषणमा ‘अमेरिकी सपना अजेय’ उल्लेख गरेका छन् ।

टिप्पणीहरू