नेपाली सेनाको हतियार लुटियो

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको हतियार लुटिएको छ । यसमा विद्रोही समूहको हात रहेको बुझिएको छ ।
ड्युटीमा तैनाथ सैनिक अनिल थारुको साथमा रहेको एमएजी लुट्न उनीहरुले घेरा हालेका थिए । यता इजरायलले फेरि लेबनानमाथि आक्रमण थालेको छ । हिजो दिउँसोको भिषण आक्रमणमा भएको जनधनको क्षतिको पूर्ण विवरण दिइएको छैन ।
इजरायलले नोभेम्बरमा भएको युध्दविरामपछि आफूमाथि लेबनानको हिजबुल्लाह समूहले चुनौती दिएको जनाउँदै रकेट आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्रीले आक्रमण जुनसुकै स्थान र जुनसुकै समयमा हुने चेतावनी दिएका छन् ।
टिप्पणीहरू