राष्ट्रिय मुक्ति आन्दोलन माओवादी केन्द्रमा मिसियो

राष्ट्रिय मुक्ति आन्दोलन माओवादी केन्द्रमा मिसियो

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न पार्टी छाड्ने र प्रवेश गर्नेको देशव्यापी लहर चलिरहेका बेला राष्ट्रिय मुक्ति आन्दोलनका केन्द्रीय सभापति माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा महासचिवसहित एक हजार नेता–कार्यकर्ता आज माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेर खादा लाएका हुन् । पेरिसडाँडामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा स्वागत गरेका थिए ।

मुक्ति आन्दोलनको काठमाडौं उपत्यकाबाट २५ सदस्यीय टोली र देशभरका एक हजारभन्दा बढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको जनाइएको छ ।

टिप्पणीहरू