अन्य

नेविसंघले आज खिर खुवाउने

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ,काठमाण्डौ जिल्ला समितिले आज दिउँसो खिर खुवाउने भएको छ । साउन १५ अर्थात् खिर खाने दिवसको अवसरमा किसानहरूको श्रमको सम्मान र परम्पराको जगेर्ना गर्दै खिर खाने कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रम दिउँसो ३ बजे चाबहिलस्थित पशुपति क्याम्पसको प्राङ्गणमा हुने छ ।

Page 2 of 10