गाँजामाथिको प्रतिबन्ध हटेपछि थाइल्याण्डका युवा दंग, पर्यटन फस्टाउने व्यवसायीहरुको भनाइ

गाँजामाथिको प्रतिबन्ध हटेपछि थाइल्याण्डका युवा दंग, पर्यटन फस्टाउने व्यवसायीहरुको भनाइ

थाइल्याण्डले गाँजाको सेवन र खेतीलाई वैधानिकता दिएको छ । अब थाइल्याण्ड गाँजामाथि प्रतिबन्ध हटाउने एसियाकै पहिलो मुलुक बनेको हो । थाइ सरकारले आज गाँजा खेतीलाई सम्बन्धितको स्वामित्वमा राख्ने कानुन बनाएको छ । गाँजामा भएको प्रतिबन्ध हटेसँगै थाइल्याण्डका युवा उत्साहित भएका छन् ।

यसअघि थाइल्याण्डले गाँजालाई लागुऔषध भनेर प्रतिबन्ध लगाएको थियो । यद्यपि, सन् २०१८ मा औषधिको रुपमा प्रयोग गर्न खुल्ला गरिएको थियो । कानूनमा भएको परिवर्तनसँगै अब त्यहाँका नागरिकले आफ्नो घरका गमला र खेतबारीमा गाँजा लगाउन पाउने छन् ।

गाँजाको प्रयोग खुल्ला गरेपछि मानव स्वास्थ्य र पर्यटन उद्योगमा फाइदा पुग्ने थाइ सरकारको विश्वास छ । थाइ सरकारले गाँजालाई नगदेबालीका रुपमा विकास गर्ने र गाँजाका परिकारको व्यापार गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो समय नेपालमा पनि गाँजालाई वैधानिकता दिनुपर्ने माग उठ्दै आएको छ । आर्थिक, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा गाँजा निकै उपयोगी र लाभदायी हुने जनाइएको छ ।

टिप्पणीहरू