युवती नै महिलाको अश्लील भिडियो बनाएर चरित्रहत्यामा सक्रिय

युवती नै महिलाको अश्लील भिडियो बनाएर चरित्रहत्यामा सक्रिय

सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अश्लिल भिडियो र तस्बिर पोस्ट गरि चरित्रहत्या गर्ने दुई जना समातिएका छन् । प्रहरीले एक जनालाई धुलिखेल र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पीडितको जाहेरीपछि अस्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ घर भएका २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क घर भएकी २० वर्षीया भोजकुमारी दाहाललाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीहरुले तस्बिर एडिट गरी अश्लिल भिडियो बनाएर महिला, किशोरी र नाबालिकाका आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको प्रहरीको भनाइ छ ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू