अस्पताल अगाडि खुलमखुल्ला लागुऔषध व्यापार

अस्पताल अगाडि खुलमखुल्ला लागुऔषध व्यापार

लागुऔषध कारोबारीहरुले अब कुनाकाप्चाको स्थान छाडेर खुलमखुल्ला ठूला र चौंडा सडकको किनार रोज्न थालेका छन् । अझ अस्पतालको वरिपरि पनि लागुऔषधको कारोबार हुन थालेको हो ।

हिजो दिउँसो ललितपुरको पाटन अस्पताल अगाडिब लागुऔषध बेच्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका हुन् । लगनखेल प्रहरी प्रभाग र प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुलाई हिजो दिउँसोदेखि जावलाखेल प्रहरी परिसरमा राखिएको छ ।

पक्राउ परेकामा गोदावरी नगरपालिका १, गोदामचौरका २९ वर्षे सरोज कार्की र ललितपुर महानगरपालिका २२ का २४ वर्षे आकाश देउला हुन् । उनीहरुको साथबाट डाइजेपाम १५ एम्पुल, नुर्फिन २३ एम्पुल, फेनार्गन २३ एम्पुल, नाइडाजेपम ३६ ट्याब्लेट फेला परेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू